2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ

2026-07-24

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं, गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दु:ख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’

विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुको राजनीति यसअघि धेरै भएको सुनाउँदै अब आफ्नो सबैभन्दा धेरै प्राथमिकतामा यी प्रदेशहरू पर्ने बताए ।‘मलाई खड्केको विषय भनेको, म एउटा नागरिक हुँदा मधेश, कर्णाली र सुदूरपश्चिम भनेको धेरै जनताको आँशुमा राजनीति भएको ठाउँ हो । जनताले उपलब्धि भएको अनुभव गरेको छैन,’ गृहमन्त्री गुरुङले भने, ‘जेनजी आन्दोलनपछि हामी सरकारमा त थिएनौं तर विशेष प्राथमिकतामा मधेश, कर्णाली र सुदूरपश्चिममा बजेटका लागि समन्वय गरेका थियौं । अहिले पनि गृहमन्त्रीकै स्पेशल प्रायोरिटिमा छ ।’

त्यहाँका जनताले धेरै नै दुख पाएको भन्दै उनले अब आँशुको राजनीति नहोस् भन्ने चाहेको बताए ।‘यहाँका जनताले धेरै वर्ष भयो दु:ख पाएको । कसैले पनि जनताको आँशुमा राजनीति नगरोस् भन्ने हाम्रो हो । कुनै कमजोरी भयो भने सुधार्दै लैजाऔंला,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै