पढ्न करिब 1 मिनेट लाग्छ

रुसका एक युवकले हालै यस्तो दाबी गरेका छन् कि त्यसबाट वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । २० वर्षका बोरिस्का किप्रियानोभिचले आफू पहिले मंगल ग्रहमा बस्ने गरेको दाबी गरेका छन् ।

उनले अन्तरिक्षका ग्रहहरुको बारेमा यस्तो सटिक जानकारी प्रदान गरेका छन् कि त्यो वैज्ञानिकहरुका लागि पनि रहस्यको विषय बनेको छ ।

उनका अनुसार, इजिप्टको पिरामिडसँग मंगल ग्रहको सम्बन्ध छ । जब इजिप्टको पिरामिड खुल्नेछ । तब संसार अहिलेको भन्दा फरक हुनेछ ।

बोरिसकाले इजिप्टको पिरामिडको बीचमा बनेको रहस्यमय व्यक्तिको भव्य सालिक खोल्ने राज पनि आफूले जानेको र त्यो सालिकको कानको पछाडिपट्टि कुनै भागमा रहेको बताएका छन् । त्यो खुलेसँगै दुनियाँ बदलिने उनको भनाइ छ ।

उनका अनुसार, मंगल ग्रहमा पनि मानिसहरु बस्दछन् । त्यहाँका मानिसहरु ७ फिटजति अग्ला छन् । मानिसहरु जमिनमुनि बस्ने गर्दछन् । उनीहरु कार्वनडाइ अक्साइड लिएर बाँच्दछन् । उनीहरु कहिल्यै पनि मर्दैनन् किनकि ३५ वर्षपछि उनीहरुको उमेर नै रोकिन्छ ।