कात्तिक २३, मकवानपुर । प्रदेश तथा प्रतिनिधी सभा मकवापन’र क्षेत्र नं १ को –ख)को लोकतान्त्रीक गठबन्धनको भेला हेटौडामा सम्पन्न भएको छ ।
बिहिबार भएको कार्यक्रममा बोल्दै गठबन्धनका नेताले गठवन्धनका उमेद्धारले जित्ने आधार र आवस्यकता प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपा मकवापन’रका अध्यक्ष तथा पुर्र्ब सांसद गणेश थापाले कम्युनिष्ट अधिनायकबादको विरुद्धमा लोकतान्त्रीक गठबन्धन आवस्यक भएको बताउन’ भएको छ। थपाले मकवापनपुरमा कम्य’निष्टले आश्वासन मात्र दिएकोले अव जनताले बहिस्कार गर्ने बताउन’ भयो ।
कमल थापा गठबन्धनको मात्र नभएर सवैको साझा उमेद्धार रहेको पनि उहाले बताउनु भयो । कार्यक्रममा कांग्रेस मकवापन’रका कार्यबहाक सभापती बिष्ण’ लामिछानेले ठगबन्धनका उमेद्धार सुत्केरी भत्ता बुझ्ने र चिनिकाण्डमा मुछिने जस्ता नामर्दकाम नगरेका भएकाले पनि जनाताको मन जित्त सक्ने बताउनु भयो । लोकतान्त्रीक गठबन्धन निर्माण सगै मकवान’रको राजनितीमा नया अध्याय स’रु भएको भन्दै उहाले कम्य’निस्टको अधिनायक बाद सहन नसके पछि प्रजातन्त्रमा आस्था राख्ने एक भएको बताउन’ भयो ।
मकवापन’र क्षेत्र नंम्वर १ ख का उमेद्धार असोक साक्यले मकवापन’रको समावेसी विकासको लागि आफ’अरुलाई जिताउन आग्रह गर्नभयो । बाघको छालामा स्यालको रजाई गर्ने कम्य’निष्टको अव रजाई सकिएको पनि उहाले बताउन’ भयो।
मकवानप’रमा राप्रपा र काग्रेसले जनतालाई आस्वासन भन्दापनि विकास दिएकोले विकास प्रेमीहरुको गठबन्धन लोकतान्त्रीक गठबन्धन निर्माण भएको बताउन’ भयो ।
लोकतान्त्रीक गठबन्धनको भेलाले विकास सम्वृद्धी र नमुना लायक जिल्ला बनाउन सधै एक हुने प्रतिबद्धता पनि ब्यक्त गरेको छ। काग्रेस नगर सभापती आनन्दराम पराज’लीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।