
काठमाडौँ | सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।
साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउने विषयमा सुरु भएको विवाद उग्र बनेपछि प्रहरीले अश्रुग्यास, हवाई फायर र त्यसपछि गोली चलाएको जनाएको छ । घटनामा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ प्रहरी निरीक्षकसहित ८ जना गरी १६ जना घाइते भएका छन् ।
झडपका क्रममा कप्तानगञ्ज बजारमा तोडफोड तथा आगजनीसमेत भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।