काठमाडौँ | सभामुख डीपी अर्यालले प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो २ बजे बस्ने छ ।
१४ साउनबाट स्थगित प्रतिनिधिसभा बैठक निरन्तर हुनेछ । त्यसको तयारीको लागि सभामुख अर्यालले बैठक बोलाएका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
प्रतिनिधिसभामा विधायकी काम हुनेगरी सरकारले बिजनेश दिन सकेको छैन । त्यस्तै गत १५ असार यता प्रतिनिधिसभा क्यालेन्डरबिना नै चलिरहेको छ ।