2026-09-28 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

2026-07-28

काठमाडौँ | नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्दको घोषणा गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप संघले देशभरिका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दको घोषणा गरेको हो ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो । आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरू आन्दलनमा उत्रिएका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ। यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ।

संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने घोषणासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै