2026-10-02 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा

2026-07-31

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले समाजमा सहिष्णुता कायमका लागि जिम्मेवार ढंगले क्रियाशील हुन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

कोसी र मधेस प्रदेशका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । ”जसले आगो लगाए पनि निभाउने दायित्व कांग्रेसको हो । हामीले सहिष्णुता कायम गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर क्रियाशील हुनुहोला । कांग्रेस जिम्मेवार दल हो । सम्हाल्ने दायित्व हाम्रो हो,” उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा देखापरेका विषयवस्तुलाई जथाभाबी शेयर गर्ने र कमेन्ट गर्ने कुरामा अग्रसर नहुन कार्यकर्तालाई निर्देशन दिएका छन् । ”कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ । देख्ने बित्तिकै त्यसमा प्रतिक्रिया जनाउन हतारो नगरौँ,” कार्यकर्तालाई उनको निर्देशन छ ।

समाजमा शान्ति, सद्भाव र एकता कायमका आवश्यक सहयोग र साथ दिन उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’