2026-08-01 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह

2026-08-01

काठमाडौँ | नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति नियमित रहेको भन्दै अभाव भएको भन्ने हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

३१ असार २०२८३ को निर्णयअनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था लागू गरिएको उल्लेख गर्दै दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको जनाएको निगमले जनाएको छ । यद्यपि, विभिन्न सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि निगमले आफ्नो धारणा सार्वजनिक गरेको हो । निगमका अनुसार १४.२ केजी ग्यास सिलिन्डरको बिक्री–वितरण सुरु भएपछि केही स्थानमा ग्यास अभाव भएको गुनासो प्राप्त भएको छ । त्यसैले सम्पूर्ण ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन तथा विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखी व्यवस्थित रूपमा बिक्री–वितरण गर्न अनुरोध गरिएको छ ।

काठमाडौँ उपत्यकामा केही ग्यास उद्योगको उच्च मागलाई ध्यानमा राख्दै निगमले १६ साउनदेखि टेकुस्थित आफ्नो कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न सबै उपभोक्तासँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला प्रधानमन्त्री शाह मधेशी नेताहरूसँग छलफल गर्दै अन्डाको मूल्य बढ्यो कुवेतकोमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु सुनचाँदीको मूल्यमा वृद्धि सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा