2026-10-02 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि

2026-08-01

काठमाडौँ | विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको उनकाे अभियानसँग सम्बन्धित टोलीले जनाएको छ। टोलीले सार्वजनिक गरेको शोक वक्तव्यमा पुर्जासँगै उनका विश्वसनीय आरोहण सहयोगी पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको पनि उक्त दुर्घटनामा ज्यान गएको उल्लेख गरिएको छ।

वक्तव्यमा हिमपहिरोपछि प्राप्त पुष्टिका आधारमा तीनै जनाको निधन भएको जनाउँदै यस घटनाले पर्वतारोहण क्षेत्रले एक असाधारण आरोही, प्रेरणादायी नेता र साहसी व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । टोलीले पुर्जाले आफ्नो साहस, विनम्रता र अटल आत्मविश्वासमार्फत विश्वभरका लाखौं मानिसलाई ठूलो सपना देख्न र आफ्नो सीमाभन्दा माथि उठ्न प्रेरित गरेको जनाएको छ। वक्तव्यमा पुर्जाको नेतृत्वमा स्थापित एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ तथा निम्सदाइ स्टोरजस्ता संस्थामार्फत उनले सिर्जना गरेको विरासत आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।

घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै टोलीले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै उद्धार तथा खोजी कार्यमा खटिएका सबै टोलीप्रति आभार व्यक्त गर्दै परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ। टोलीसँग अन्तिम सम्पर्क बिहीबार बिहान भएको थियो। त्यसै दिन साँझ शक्तिशाली हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो । आरोहीहरूको ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले उनीहरू हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’