2026-08-03 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुग्लिन-नारायणगढ सडक अवरुद्ध

2026-08-03

काठमाडौँ | लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडक खण्डअन्तर्गत तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेको छ । त्यस्तै, सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आउँदा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

अवरुद्ध सडक पूर्ण रूपमा खुलाउनका लागि सडक डिभिजनको उपकरण तथा जनशक्ति सम्बन्धित स्थानमा परिचालन गरिसकिएको छ । थप पहिरो वा ढुंगा नझरेमा आगामी एक घण्टाभित्र सडक दुवैतर्फ सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ ।

हाल सो क्षेत्रमा पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सडकको अद्यावधिक अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली