2026-09-28 10:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने

2026-08-03

काठमाडौँ | राष्ट्रिय बालअधिकार परिषद्‌ले विद्यालयहरूमा विद्यार्थीहरूको कपाल जबर्जस्ती नकाट्न अनुरोध गरेको छ । परिषद्ले एक सूचना जारी गर्दै विद्यार्थीको कपाल नकाट्न अनुरोध गरेको हो । यस्तो गैरकानुनी कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै परिषद्ले शिक्षा नियमावली अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा नकारात्मक असर पार्ने गतिविधि गर्न नपाइने प्रस्ट पारेको छ।

परिषद्का अनुसार बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले घर वा विद्यालयमा शारीरिक वा मानसिक दण्ड दिने र अमर्यादित व्यवहार गर्ने कार्यलाई बाल हिंसा तथा कसुर मानेको छ। परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज जारी गरेको विज्ञप्तिमा पोसाक, साजसज्जा वा शुल्क नतिरेको बहानामा विद्यार्थीलाई अपमानित गर्ने, भेदभाव गर्ने वा परीक्षाबाट वञ्चित गराउने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । जबर्जस्ती कपाल काट्ने, विद्यार्थीको शारीरिक स्वरूप वा मेकअपका आधारमा हेप्ने तथा घाम वा प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने जस्ता व्यवहार पूर्णतः निषेध गर्न परिषद्ले अपिल गरेको छ ।

बालबालिकाको आत्मसम्मान, मर्यादा र मानसिक स्वास्थ्यको रक्षा गर्दै बाल अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि आचारसंहिता बनाएर लागू गर्न सबै विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई परिषद्ले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै