2026-09-28 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह

2026-08-04

काठमाडौँ | एलपी ग्यास उद्योग संघ नेपालले हाल बजारमा देखिएको ग्यासको अभाव र उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ । विगतमा तेस्रो मुलुकमा देखिएको अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिण्डर मात्र उपलब्ध गराइएको थियो । तर, अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुधारिएसँगै आयात नियमित भएको र पुनः १४.२ केजीकै पूरा सिलिण्डर बजारमा पठाइएको संघले जानकारी दिएको छ ।

संघका अनुसार विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएको थियो । यही अभावका कारण बजारमा ग्यास पाइँदैन कि भन्ने डरले उपभोक्ताहरूले आफूसँग भएका सबै खाली सिलिण्डरहरू एकै पटक भर्न खोज्दा बजारमा चाप बढेको र अभाव देखिएको संघको विश्लेषण छ । जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, उनीहरूलाई तत्काल ग्यासको लाइनमा नबसिदिन संघले अनुरोध गरेको छ ।

विक्रेताहरूलाई उपलब्ध ग्यास आवश्यकता भएकालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न र उद्योगीहरूलाई व्यवस्थित रूपमा बजारमा ग्यास पठाउन निर्देशन दिइएको छ । बजार पूर्ण रूपमा सहज नहुन्जेलसम्म नेपाल आयल निगमले नियमित कोटाभन्दा बढी ग्यास आयात गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै