2026-11-28 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह

2026-08-04

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनमा दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति कामदार भीसामा काम गरेर नेपाल फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाउँदै सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन लगाउने गरेको पाइएको जनाएको छ।

यस्ता वस्तु बोकेर नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुनबमोजिम हुने जाँचमा अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ परेर कानुनी कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै कार्यालयले सबैलाई सचेत रहन आग्रह गरेको छ। कार्यालयले अपरिचित व्यक्ति वा दलालले दिएको सुन, बहुमूल्य धातु वा अन्य कुनै सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन अनुरोध गरेको छ। त्यस्तै, अरूको झोला वा प्याकेट त्यसको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन तथा खरिद बिल वा अन्य कागजात भएकै आधारमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गरिएको छ।

आफ्नो सानो लापरवाहीले ठूलो कानुनी समस्या निम्त्याउन सक्छ भन्दै कार्यालयले नागरिकलाई सचेत रहन, दलालको प्रलोभनमा नपर्न तथा अवैध सुन ओसारपसारबाट टाढा रहन अपिल गरेको छ। विमानस्थल क्षेत्रमा कुनै शंकास्पद गतिविधि वा प्रलोभन देखिएमा सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ