काठमाडौँ | मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ तिलटारस्थित त्रिभुवन राजमार्गमा बुधबार बिहान तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको छ ।
ट्रकका चालक भने घाइते भएका छन् । ट्रक सडकबाट एक सय मिटर तल चिण्डीखोलामा खस्दा ट्रकमा सवार राक्सीराङ गाउपालिका ९ का ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकका चालक रंजित कार्की घाइते भएका छन् उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।
प्रहरीका अनुसार पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक बुधबार बिहान २:३० बजे ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा दुर्घटनामा भएको हो ।