2026-08-05 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन

2026-08-05

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा देखिएका धार्मिक विवाद र सामाजिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संविधान र त्यसअन्तर्गत अपनाइएका केही नीतिहरू नै पछिल्ला समस्याको कारण रहेको दाबी गरे ।

उनले २०६२–६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएको मार्गको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै हिन्दु राष्ट्रको मागलाई पार्टीले संसद् र सडक दुवै तहबाट निरन्तर उठाइरहने बताए । सुनसरीमा धर्मसँग सम्बन्धित विषयलाई लिएर भएको पछिल्लो घटनाप्रति दुःख व्यक्त गर्दै लिङ्देनले सामाजिक सद्भाव कायम राख्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा प्रभावित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता भएको मुलुक रहेको उल्लेख गर्दै उनले धार्मिक सहिष्णुता नेपाली समाजको महत्वपूर्ण पहिचान भएको बताए । धर्मका नाममा हुने विवादले सामाजिक एकता र सद्भावमा असर पार्ने उनको भनाइ थियो । लिङ्देनले संसद् र समाजमा देखिएका विभिन्न विवादको मूल कारण वर्तमान राजनीतिक व्यवस्था र नीतिगत दिशासँग जोडिएको राप्रपाको निष्कर्ष रहेको बताए । उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचान कायम राख्न हिन्दु राष्ट्र पुन:स्थापना गर्नुपर्ने पार्टीको धारणा रहेको दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह