2026-09-28 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव

2026-08-05

काठमाडौँ | युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्। यो व्यवस्था घोषणा भएको एक दशक बितिसक्दा पनि अधिकांश श्रमिकले यसको लाभ पाउन नसकेका उनले बताए।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले नीति व्यवहारमा लागू नभएकाले पुनरावलोकन आवश्यक रहेको बताए। ‘फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ। अहिले पनि ८३ प्रतिशत श्रमिकले यसको सुविधा पाएका छैनन्’ उनले भने।

वार्षिकरूपमा करिब ७ प्रतिशत अर्थात् १७ हजार ५ सय नेपाली श्रमिक कुनै शुल्क नतिरी वैदेशिक रोजगारीमा जाने गरेका उनले बताए। तर, यो सुविधा सरकारी नीतिका कारण नभई सम्बन्धित रोजगारदाताको ‘इथिकल रिक्रुटमेन्ट’ अभ्यासका कारण उपलब्ध भएको उनले स्पष्ट पारे।

त्यसैगरी करिब १० प्रतिशत श्रमिकले निःशुल्क भिसा, हवाई टिकट र सेवा शुल्कको सुविधा पाउने गरेका छन्। बाँकी ८३ प्रतिशत श्रमिक भने अझै पनि ‘फ्री भिसा–फ्री टिकट’ नीतिको दायराबाहिर रहेको मन्त्री यादवको भनाइ छ। उनले अन्तर्राष्ट्रिय बजारमा श्रमिक शोषणविरुद्ध बढ्दो दबाबका कारण केही रोजगारदाताले आफ्नै खर्चमा श्रमिक भर्ना गर्ने व्यवस्था अपनाएको बताए। मन्त्री यादवले वर्तमान अवस्थाले श्रमिकमाथि अनावश्यक आर्थिक भार र ठगीको जोखिम बढाएको उल्लेख गर्दै नीतिलाई व्यवहारिक बनाउने उद्देश्यले सरकारले कार्यदल गठन गरिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै