2026-09-28 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा

2026-08-06

काठमाडौँ | नव गठित जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् । काठमाडौँमा बिहीबार नवगठित जय नेपाल पार्टीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट मात्रे बटुल्ने काम गरेको आरोप लगाएका हुन् ।

उनले राप्रपाबाट पार नलागेपछि राजसंस्था र हिन्दुराज्यको लागि आफूहरू नयाँ राजनीतिक यात्रामा निस्किएको बताए । उनले राप्रपाले ३७ वर्ष राजाको नाममा जनमत संकलन गरे पनि जनताले अवसर दिँदा आफ्ना मूल एजेन्डालाई कार्यान्वयन गर्न नसकेको दाबी गरे । पार्टी नेतृत्वले व्यक्तिगत स्वार्थका कारण एजेन्डालाई तिलाञ्जली दिएको उनको आरोप छ ।

अध्यक्ष राणाले राप्रपाको गतिविधिप्रति असन्तुष्टि जनाएर नै विगतको निर्वाचनमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भएको बताए । राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डाप्रति जनताको वितृष्णा नभएपनि राप्रपाको गतिविधिप्रति जनताको असन्तुष्टि चुनावमा प्रकट भएको उनको दाबी छ ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो । जब जब जनताले ठाउँमा पुर्‍याए, आफ्नो एजेन्डालाई अगाडि सारेन । नेताहरूको व्यक्तिगत स्वार्थमा एजेन्डाको तिलाञ्जली दिए ।’ उनले अगाडि भने, ‘हामीले के बुझेका छौँ भने नेपाली जनताले हिन्दु अधिराज्य अथवा राजा सहितको प्रजातन्त्रलाई नकारेको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलापलाई नकारेको कारणले भोट नआएको हो ।’

उनले निर्वाचन परिणामपछि राजा र हिन्दु राष्ट्रको एजेन्डा समाप्त भयो भन्ने भाष्य निर्माण हुन थालेकाले त्यसलाई जोगाउन जय नेपाल पार्टी स्थापना गरिएको बताए । नेपाली जनताले हिन्दु अधिराज्य वा राजासहितको प्रजातन्त्रको अवधारणालाई अस्वीकार नगरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै