2026-09-28 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ

2026-08-06

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले युवाहरूलाई जीवनदेखि हरेस नखान आह्वान गरेका छन् । राष्ट्रियसभाको प्रश्नोत्तरमा बिहीबार सहभागी भएका मन्त्री गुरुङले सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको जवाफ दिने क्रममा युवाहरूलाई जीवनदेखि हरेस नखान आह्वान गारेका हुन् ।

‘समाजका युवापुस्तामा बढिरहेको आत्मदाह र आत्महत्या जस्ता घटना रोक्न सरकारले के के गर्दै छ ?’ भन्ने आशयमा सांसद विश्वकर्माले प्रश्न सोधेका थिए । जवाफमा उनले तीन तहकै सरकारको समन्वयका लागि काम भइरहेको बताए । “यसका लागि तीन तहका सरकार मिलेर काम गर्नुपर्ने हुन्छ । युवाहरूमा दबाब र निराशा पनि सृजना भएको छ । यसका लागि तीनवटैै सरकार मिलेर समन्वयमा काम गर्न एउटा योजना बनाइरहेका छौँ । समन्वय भइरहेको छ,” मन्त्री गुरुङले भने, “आत्महत्या रोकथामका लागि हेल्पलाइन पनि सञ्चालन गरेका छौँ ।”

त्यसपछि उनले युवाहरूलाई आफू पनि युवा भएको भन्दै जीवनदेखि हरेस नखान आग्रह गरे । संघर्ष नै हाम्रो संस्कार भएको भन्दै दुःखलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने बताए । “युवा भएको नाताले सम्मानित सदनबाट भन्न चाहन्छु – हामीले हरेस खानु हुँदैन रहेछ । जीवनमा संघर्ष गरिरहनुपर्ने रहेछ,” गुरुङले भने, “संघर्ष हाम्रो संस्कारमै आएको छ । दुःख नभएको मानिस हुँदैन । दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ ।”

उनले युवाहरूलाई खेल र अन्य क्षेत्रमा सहभागी गराएर व्यस्त बनाउने र सृजनात्मक रूपमा सक्रिय बनाउने सरकारको लक्ष्य रहेको बताए । उक्त लक्ष्य हासिल गर्न पनि तीन तहकै सरकारको समन्वय आवश्यक पर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै