2026-08-06 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न

2026-08-06

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन्।

उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन? भन्दै प्रश्न गरिन्। स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोककल्याणकारी बनेर देखाउन समेत आग्रह गरिन्। उनले भनिन्, ‘स्वास्थ्य बीमाको नाम सुन्दा लाग्छ नागरिक सुरक्षित छन्। तर अस्पताल पुगेपछि थाहा हुन्छ कार्ड छ सेवा छैन। बीमा छ औषधि छैन।’

बीमा कार्यक्रमको अवस्थाबारे बोल्दै उनले थपिन्, ‘गगन थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अहिले स्वास्थ्य बीमाकै बीमा गर्नुपर्ने अवस्थामा पुर्‍याइयो। कतै यसको जन्मदाताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन?’

बिरामी र अस्पतालको समस्या दर्साउँदै उनले भनिन्, ‘बिरामी सोध्छन् बीमा गरेर के पाइयो? अस्पताल सोध्छ भुक्तानी कहिले आउँछ? तर सरकारका प्रतिवेदनमा भने सबै कुरा सुस्त देखिन्छ।’सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले थपिन्, ‘सरकारलाई आग्रह छ भाषण होइन उपचार देऊ, प्रचार होइन औषधि देऊ, प्रतिवेदन होइन परिणाम देऊ। लाचारी होइन लोककल्याणकारी बनेर देखाऊ सरकार।’ जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल कार्यान्वयनका लागि सरकारलाई निर्देश (रुलिङ) गर्न उनले सभाका अध्यक्षको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री