2026-09-29 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार

2026-08-07

काठमाडौँ | नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले दिएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले सरकारले दिएको उक्त रकम अस्वीकार गरेका हुन् । उनले २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त समेत गरेका छन् ।

उनले मर्मत तथा सम्हार भनी विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ रहेको बताएका छन् । उनले लेखेका छन् ‘सर्वप्रथम वर्तमान सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म घर भनी विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोक, मोरङ (कोइराला निवास)को मर्मत तथा सम्हारको लागि आ.व. २०८३/८४ को बेजटमा २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गर्दै म धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन त्यस्ता नागरिकको उत्थानको लागि उपलब्ध सिमित श्रोत र साधनको उपयोग होस भन्दै विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ छु ।’उनले लेखेका छन् ।

उनले थपेका छन् ‘विपी सम्पुर्ण नेपालीको गाँस, वास र कपासको लागि जीवन भर संघर्षरत रहनु भयो, राज्यले त्यस तर्फ समग्र रुपमा आफुलाई समर्पित गरोस यही नै विपी प्रति सच्चा श्रद्धाञ्जली हुनेछ, यही नै कोइराला निवास प्रति न्याय गरेको ठहरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै