2026-09-29 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई

2026-08-07

काठमाडौँ | श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता, आन्तरिक सुरक्षा र जनसरोकारका विविध मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले लिपुलेकदेखि मधेसमा हुने दलित विभेदसम्मका विषयमा सरकारसँग जवाफ माग गरे ।

लिपुलेक क्षेत्रमा भारत र चीनले व्यापार सुरु गरेको भन्ने समाचार बाहिर आएको भन्दै उनले यसबारे सरकारले संसद्‌मा स्पष्ट पार्नुपर्ने माग गरे । नेपालको भूमिमा हुने यस्ता गतिविधिबारे राज्य बेखबर हुन नहुने उनको तर्क थियो। देशमा हिन्दु सम्राट सेना जस्ता निजी दस्ताहरू सक्रिय हुन थालेकोमा आपत्ति जनाउँदै उनले यसबारे खोजबिन गर्न माग गरे । ‘नेपाली सेनाबाहेक अन्य कुनै पनि समूहलाई सेनाको नाममा गतिविधि गर्न निषेध गरियोस्,’ उनले भने, ‘कि त सरकारले अरूलाई पनि सेना बनाउन अनुमति दिनुपर्‍यो, नत्र यस्ता गतिविधि रोक्नुपर्छ।’

मधेसका दलितहरूले अझै पनि सार्वजनिक धारामा पानी भर्न नपाएको गुनासो गरिरहेको भन्दै उनले यस्तो जातीय विभेदको तत्काल अन्त्य गर्न सरकारसँग माग गरे। गत साउन ५ गते जानकी मन्दिरमा आफ्नो पार्टीका ‘श्रमदाता’हरूमाथि दुर्व्यवहार भएको भन्दै उनले दोषीमाथि कारबाहीको माग गरे । वास्तविक सुकुमबासीले न्याय पाउनुपर्ने र उनीहरूलाई तत्काल धनीपूर्जा वितरण गर्ने प्रक्रिया सुरु गर्न उनले सरकारलाई आग्रह गरे । सहकारी पीडितहरूले वर्षौँदेखि आफ्नो पैसा नपाएको भन्दै उनले तत्काल बचत फिर्ताको व्यवस्था मिलाउन माग गरे । ‘फेरि पीडितहरू सडकमा आन्दोलन गर्न नपर्ने गरी समाधान खोजियोस्,’ उनले भने।

जनताले पैसा तिरेर किन्छु भन्दा पनि ग्यास र तेल नपाउनु दुःखद भएको भन्दै उनले आपूर्ति व्यवस्था सहज बनाउन र विकास आयोजनाका ठेक्काहरू छिटो अगाडि बढाउन आग्रह गरे। राईले सरकारबाट गफ र आश्वासन मात्र नभई कामको अपेक्षा गरेको बताए। विदेशमा दुःख पाएका नेपाली श्रमिकहरूको समस्या नेपाली दूतावासहरूले नसुनेको व्यापक गुनासो आएको भन्दै उनले परराष्ट्र मन्त्रालयलाई यसमा सुधार ल्याउन पहल गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै