
काठमाडौँ | नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यही साउन २८ गते नेपाल फर्कने भएका छन् ।
उनको सचिवालयका अनुसार, हाल हङकङमा रहेका देउवा साउन २८ गते मध्याह्न सवा १२ बजे थाइ एयरको विमानबाट काठमाडौँ आइपुग्ने छन् । उपचारका लागि भन्दै प्रतिनिधिसभा निर्वाचनअगावै सिंगापुर गएका उनी उतैबाट हङकङतर्फ लागेका थिए । यसअघि साउन २९ मा नेपाल फर्कने कार्यतालिका थियो ।