2026-08-10 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

2026-08-10

काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८० पैसा र बिक्रीदर १० रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ २४ पैसा बिक्रीदर ४०४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलको सहज आपूर्ति गर्न सरकारलाई प्रचण्डको आग्रह देश फेसबुकको भ्युजले चल्दैन: सांसद घतानी कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न: सांसद काउचा प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्ताव ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री पौडेल चुनाव हारे पनि चुनौती सामना गर्ने सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ शेरबहादुर देउवा साउन २८ मा नेपाल फर्कंदै भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारमा ग्यास बेच्ने व्यापारी पक्राउ केन्द्रीय समिति बैठकपछि कांग्रेस महाधिवेशन प्रक्रिया अघि बढ्छ : सभापति थापा सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ : मनिष झा काठमाडौँका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने कहिलेकाहीँ एक्लै लड्नुपर्छ, ‘यो पहिलोचोटि होइन’: वालेन्द्र शाह