2026-09-29 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश फेसबुकको भ्युजले चल्दैन: सांसद घतानी

2026-08-10

काठमाडौँ | नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन फेसबुकमार्फत् प्रसारण गरिएको विषयमा प्रश्न उठाएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले देश फेसबुकको भ्युजबाट नभई राज्यका आधिकारिक अंगबाट चल्ने बताइन्।

‘देश फेसबुकको भ्युजले चल्दैन। राष्ट्रकै नाममा गरिने सम्बोधन फेसबुकतिर होइन, आधिकारिक सञ्चारमाध्यमबाट आउनुपर्छ,’ उनले भनिन्। प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा फेसबुक पेजमार्फत् लाइभ गरिएको भन्दै उनले प्रश्न गरिन्, ‘राष्ट्रलाई सम्बोधन गरेको हो कि आफ्नो फेसबुक पेजको मोनिटाइजेसनलाई बलियो बनाएको हो?’

मोनिटाइजेसन भएको फेसबुक पेजबाट आम्दानी हुने भएकाले सम्बोधन त्यहाँबाट प्रत्यक्ष प्रसारण गरिएको हुन सक्ने भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति आलोचना गरिन्। घतानीले प्रधानमन्त्री शाहले गत जेठ १७ गते नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा पनि प्रश्न उठाइन्। उनले उक्त भनाइ कुन तथ्य र कूटनीतिक प्रमाणका आधारमा आएको हो भन्ने स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरिन्।

‘हाम्रो सीमा र भूगोल कुनै मजाकको विषय होइन। प्रधानमन्त्रीले कुन तथ्य र कुन कूटनीतिक प्रमाणका आधारमा नेपालले भारतको सीमा मिच्यो भन्नुभयो ?’ उनले प्रश्न गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्नुपर्ने घतानीले बताइन्। देशको सार्वभौमिकता सबैभन्दा माथि रहेको भन्दै उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने, त्यसका लागि क्षमा माग्नुपर्ने र उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै