2026-08-10 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिट्टी–बालुवा तस्करी रोक्न कानुन संशोधन गर्न आशिका तामाङको माग

2026-08-10

काठमाडौँ | रास्वपा सांसद आशिका तामाङले खोलाबाट गिट्टी, बालुवा राज्यलाई कर नतिरी तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले अहिलेको मापदण्ड अनुसार तत्काल कानुन संशोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।‘बर्खे महिनाहरूमा कानुन र नियम अनुसार खोलाबाट गिटी र बालुवा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौं, करोडौंको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन्,’ सांसद तामाङले भनिन्, ‘यो समस्या मेरो जिल्ला धादिङ लगायत नेपालको अधिकांश नदीमा जटिल समस्याको रुपमा खडा छ । त्यो भन्दा जटिल हाम्रो कानुन र प्रक्रियामा छ ।’

उनले आफ्नो मनसाय ढुंगा, गिट्टी र बालुवा निकाल्नै नहुने भन्ने कुरामा नभएको बताइन् ।‘मेरो मनसाय ढुंगा गिटी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन । तर यसको सही व्यवस्थापनमा कानुन बाधक बनिन हुँदैन भन्ने चाहिँ हो,’ उनले भनिन्, ‘मापदण्ड अहिलेको व्यवस्था अनुसार चल्नका लागि आवश्यक संशोधन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु : ज्ञानेन्द्र शाही प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता प्रतिनिधि सभामा तीनवटा विधेयक प्रस्तुत हामीले हटाउनुपर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌मा आउन रोक लगाउन माग गिट्टी–बालुवा तस्करी रोक्न कानुन संशोधन गर्न आशिका तामाङको माग मलको सहज आपूर्ति गर्न सरकारलाई प्रचण्डको आग्रह देश फेसबुकको भ्युजले चल्दैन: सांसद घतानी कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न: सांसद काउचा प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगार ऐनको तेस्रो संशोधन विधेयक सुझावका लागि सार्वजनिक, एजेन्टलाई १२ वर्षसम्म कैद प्रस्ताव ग्यास समस्या तत्काल समाधान गर्न मानव अधिकार आयोगको निर्देशन कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री पौडेल चुनाव हारे पनि चुनौती सामना गर्ने सामर्थ्य एमालेसँगै छ : शंकर पोखरेल विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जना पक्राउ