2026-09-29 12:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌मा आउन रोक लगाउन माग

2026-08-10

काठमाडौँ | नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई टि-सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन रुलिङको माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न आग्रह गरे।

उनले सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्‌मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्‌मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे। ‘सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्‌मा रबिरि बैद्धिति नामका सांसदले औपनिवेशिक पासो भन्दै टाइ लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो। सन् २०२३ मा क्यानडाको संसद्‌मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको थियो,’ उनले भने। सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌भित्र नआउन भनेका हुन्।

‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्‌भित्र प्रवेश गर्न रोक लगाइयोस्। संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि-सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस्,’उनले भने,‘संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै