2026-09-29 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यको दया होइन, व्यवस्थापन खोजेका हौँ : खुश्बु ओली

2026-08-11

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीलाई स्पष्टीकरण सोध्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठककको शून्य समयमा बोल्दै सांसद ओलीले मन्त्रीले राज्यप्रणालीको क्षयीकरण गरेको टिप्पणी गरिन् ।

उनले मन्त्री गौरी कुमारीले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन छोडेर मन्त्री स्वयं केही व्यक्तिलाई ग्यास बाँड्न हिँडेको भन्दै आपत्ति जनाइन् ।‘के मन्त्रीको काम व्यक्ति-व्यक्तिलाई ग्यास बाँड्दै हिँड्ने हो ? कति जनालाई उहाँले फोन गर्न सक्नुहुन्छ- १० जना, २० जना, ३० जना ? हजार, लाखौंलाई त उहाँले फोन गर्न सक्नुहुन्न’, सांसद ओलीले भनिन्, ‘उहाँको जिम्मेवारी भनेको त यो प्रणालीलाई काम गराउने हो । उहाँले व्यक्तिगत तवरबाट दया दिएजस्तो दुई/चार जनालाई ग्यास बाँडेर हिँडिराख्नुभएको छ । राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौं ।’

मन्त्रीको काम आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने, अनुगमन गराउने रहे पनि उनी व्यक्तिगत रूपमा कुन कुन मान्छेले आफ्नो विरोधमा लेखिरहेका छन् उनीहरूको घरमा ग्यास पुर्‍याइराखेको सांसद ओलीको भनाइ छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले यस्तो मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्छ । र जनताको समस्या सम्बोधन हुनुपर्छ’, सांसद ओलीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै