2026-08-12 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी

2026-08-12

काठमाडौँ | कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले ‘युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ’ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिन् । देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उनले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा १२ अगस्ट २००० मा दिवस मनाउने गरिँदै आएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाकेन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले गलत भाष्यलाई कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै डिलमा जान्छ : रवि लामिछाने नेप्सेमा सामान्य वृद्धि बजारमा देखिएको ग्यास अभाव समाधान गर्न सरकारलाई राष्ट्रिय सभाको निर्देशन भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास ‘एक्सप्रेस’ गतिको चालक दक्ष नभए दुर्घटना निश्चित : सांसद आलेमगर सरकारले ६० लाख दलितलाई झुक्याउँदै छ: पदमबहादुर परियार प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा कार्यान्वयन मार्गदर्शन जारी स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु उपलब्धिको रक्षा र समृद्धिको आधार निर्माणमा युवाको भूमिका अपरिहार्य : प्रचण्ड ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता ३ बालबालिकामध्ये २ जनाको शव फेला १०० दिनमा विदेशबाट युवा फर्काउने वाचा कहाँ गयो ? : भीष्मराज आङ्देम्बे कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : मन्त्री चौधरी श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ सुनचाँदीको मूल्यमा गिरावट नदीमा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता मन्त्रिपरिषद् बैठकका ५ मुख्य निर्णयहरू सार्वजनिक जनता चामल कुरेर बस्छन्, सांसदहरू समीकरण कुरेर बसिरहेका हुन्छन् : केपी खनाल