2026-09-29 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१०० दिनमा विदेशबाट युवा फर्काउने वाचा कहाँ गयो ? : भीष्मराज आङ्देम्बे

2026-08-12

काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले चुनावअघि विदेशका गल्लीमा स्टिकर टाँसेर युवालाई स्वदेश फर्काउने योजना कहाँ गयो भन्दै प्रश्न उठाएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामनाको सन्दर्भ जोड्दै उनले चुनावताका रास्वपा सभापति रवि लामिछानेले गरेको वाचा स्मरण गराएका हुन् । उनले २०८२ को भदौ तेस्रो साता गरेको जेनजी विद्रोहले रोजगारी, सुशासन, जवाफदेहिता र देश निर्माणको जनादेश मागेको र त्यसपछिको जनादेश र मतादेशको वर्तमान सरकारले प्रतिनिधित्व गर्दै आएको उल्लेख गरेका छन् ।

सरकारले १०० दिनमा नै स्टिकर टाँस्ने र विदेशिएका युवा फर्काउने घोषणा गरेको तर, एकजनालाई पनि फर्काउन नसकेको उनको भनाइ छ । “जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? उनीहरूले चाहेको सुशासन कहाँ छ ? विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने योजना कहाँ छ ?,” आङ्देम्बेले भने, “चुनावअघि अमेरिका, क्यानडा र युरोपका गल्लीगल्लीमा पुगेर सरकार बनेको १०० दिनमै स्टिकर टाँस्ने र विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने घोषणा सत्तारूढ दलकै नेतृत्वले गरेका थिए, जुन कुरा युवाजनले बिर्सिएका छैनन् । तर, सरकार गठन भएको साढे चार महिना बितिसक्दा पनि एकजना युवालाई स्वदेश फर्काउन नसक्नु गम्भीर प्रश्न हो ।”

सरकारको घोषणाले उत्साही युवाहरू फेरि विस्तारै निराशातिर फर्किएको महसुस हुन थालेको उनको भनाइ छ । त्यसका केही ज्वलन्त घटना देशमै स्वरोजगार भएका युवा उमेरका गणेश नेपालीदेखि विवेक मण्डलले गरेको आत्मदाह रहेको उनको ठहर छ । उनले युवालाई मतदान गर्ने जमात मात्रै नभई, राष्ट्र निर्माणको नेतृत्व गर्ने शक्तिका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा जोड दिए छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै