2026-08-13 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको पूर्ण एकतामा देउवाले निर्णायक भूमिका खेल्नुहुन्छ : पूर्णबहादुर खड्का

2026-08-13

काठमाडौँ | नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको पूर्ण एकतामा पूर्वसभापति शेरबहादुर देउवाले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । आज देउवालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेका खड्काले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै यस्तो विश्वास व्यक्त गरेका हुन् ।

खड्काले जेनजी आन्दोलनमा आक्रमणमा परेर घाइते भएका देउवा पूर्ण स्वस्थ भएर फर्किएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘हाम्रो अभिभावक तथा पार्टी सभापति शेरबहादुर देउवा भदौ २५ गतेको घटनामा धेरै ठूलो आक्रमण परेर गम्भीर घाइते हुनुभएको सबैलाई थाहा छ । उहाँ थप स्वास्थोपचारका लागि विदेश जानुभएको थियो । आज उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर आउनुभएको हामीले पायौं । यसबाट हामी सबै खुशी र उत्साहित भएका छौं । अब पार्टीको सम्पूर्ण एकता गर्ने सन्दर्भमा उहाँले निर्णायक भूमिका खेल्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त रोल्पाको बोटलबारा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो केन्द्रीय समिति बैठकमा गगनले गरे देउवाको स्वागत राजा ज्ञानेन्द्रले त केही गर्न सकेनन्, अरूले के गर्न सक्छन्? : शेरबहादुर देउवा नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वाेच्चमा रिट सातामा दुई दिन बिदा दिने व्यवस्था यथावत् रहने : सोबिता गौतम जनतालाई झुटो आश्वासन दिएर अहिले प्रश्न उठाउँदा हप्काउने काम भइरहेको छ : सांसद रेणु चन्द भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा राष्ट्रिय सभाको बैठक जारी सीमित स्रोतसाधनबीच जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले कांग्रेसको पूर्ण एकतामा देउवाले निर्णायक भूमिका खेल्नुहुन्छ : पूर्णबहादुर खड्का ५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा देउवाको स्वागत गर्न विमानस्थलमा नेता कार्यकर्ताको भिड समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन : शेखर कोइराला माडी खोलामा एकैपटक ५ शव फेला रोल्पामा पहिरोमा पुरिएर तीनको मृत्यु, दुई जना घाइते र नौ जना बेपत्ता सार्वजनिक लेखा समिति ‘हुर्मत लिने थलो’ होइन : रामकुमारी झाँक्री सुनको मूल्य घट्यो