
काठमाडौँ | सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक बसिरहेको छ । सिंहदरबारमा बसिरहेको बैठकमा बोल्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् ।
उनीहरूले उल्टो गियरमा राखेर हिँडेको सरकार केही समयअघि मिडिया हाउस अगाडि गाडी रोकेर तर्साएको र अहिले भने अग्रज पत्रकार किशोर श्रेष्ठलाई पक्रेर तर्साएको बताउँदै तत्काल रिहाइको माग गरेका छन् ।
बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।