काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन्। केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले पूर्वसभापति देउवाको स्वागत गरेका हुन्।
गगनले पार्टी बैठकमा भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’
करिब साढे ५ महिनापछि आज देउवा स्वदेश फर्किएका थिए। काठमाडौँ ओर्लिएलगत्तै देउवाले एक वक्तव्य जारी गर्दै पार्टी एकताको लागि आह्वान गरेका छन्। उनले पार्टीमा देखिएको असहमति र निराशा तुरुन्त समाधान गर्नुपर्नेमा जोड दिएका छन्।