2026-09-29 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल

2026-08-14

काठमाडौँ | सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को ५९औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले दुवै विमानस्थल सञ्चालनका विषयमा सरकारले घनीभूत छलफल गरिरहेको जानकारी दिए ।‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनीभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ,’ उनले भने ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए । निजगढ विमानस्थलसम्बन्धी बहस अघि बढिरहेको जानकारी दिँदै उनले सरकारले आवश्यक निर्णय लिने बताए । सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको उनको भनाइ छ ।

वर्तमान सरकार र संसद्मा युवाको बाहुल्यता रहेको उल्लेख गर्दै उनले सरकारले तत्कालै सबै काम सम्पन्न गर्न नसक्ने भएकाले विकास र समृद्धिको यात्रामा धैर्य गर्न नागरिकलाई आग्रह गरे ।‘सरकारले आजै सबै काम गरिहालेन भनेर आत्तिनु हुँदैन । विकास र समृद्धिको यात्रा लामो हुन्छ, समय लाग्छ,’ उनले भने, ‘यो यात्रामा नागरिकको भूमिका पनि महत्वपूर्ण छ । हामीले नै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।’

सरकार असफल भयो भन्ने नकारात्मक सन्देश प्रवाह गर्नुभन्दा सुधार र विकासका लागि साथ दिनुपर्ने उनले बताए । सभामुख अर्यालले वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक जनादेश पाएको दाबी गर्दै अब सरकारलाई असफल हुने छुट नभएको बताए । पर्यटनसँगै उद्योग, उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले सुरु गरेको उल्लेख गर्दै उनले यसमा सबैको साथ आवश्यक रहेको बताए ।‘अब नेपाल समृद्ध बनाउनैपर्छ । पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ,’ उनले भने । सभामुख अर्यालले सरकार भ्रष्टाचारविरुद्धको अभियानमा दृढ रहेको दोहोर्‍याउँदै वर्तमान सरकारलाई असफल हुने कुनै छुट नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै