2026-09-29 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक

2026-08-14

काठमाडौँ | कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वसभापति शेरबहादुरको नेतृत्वमा कांग्रेस एक ढिक्का हुने बताएका छन् । कांग्रेस देउवा पक्षले शुक्रबार आयोजना गरेको भेलामा उनले यस्तो बताएका हुन् ।

उनले लामो उपचारपछि नेपाल फर्किएका देउवाको आगमन कांग्रेस मात्रैका लागि नभइ देशकै लागि सुखद् भएको बताए । उनले अहिले देशको अवस्था सरल, सामान्य र सहज नरहेको बताए । यस्तो जटिल अवस्थामा रहेको मुलुकलाई कांग्रेसले जोगाउनु पर्ने तर त्यस्तो हुन नसकेको बताए । ‘अब शेरबहादुर देउवाको आगमनसँगै राष्ट्रिय संकटमाथि पार्टीहरूबीच छलफल हुन्छ,’ भेलामा उनले भने, ‘यो अवस्थामा कांग्रेसले मुलुकलाई राहत दिनुपर्न हो तर भइरहेको छैन । अब शेरबहादुर देउवाको आगमनले देशको संकटको अवस्थाबारे छलफल गर्ने विश्वास लिएको छु ।’

उनले कांग्रेस विशेष महाधिवेशनलाई अप्रेशन गरेर निकालिएको शिशुको संज्ञा पनि दिए । उनले भने, ‘बेला नपुगि निकालेको शिशु कस्तो हुन्छ अहिले विशेष महाधिवेशन पक्षधरको अवस्था त्यस्तै भएको छ ।’ नेता लेखकले विशेष महाधिवेशनले विभाजनको अवस्थामा पुगेको बताएका छन् । ‘विशेष महधिवेशनका कारणले पार्टी विभाजनाको अवथामा पुगेको छ । देउवाजीको नेतृत्वमा एकताबद्ध गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व परिवर्तनको प्रश्न थियो भने देउवाजीले वैधानिक रुपमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन् । स्वभाविक जन्मलाई अस्विकार गरे अप्राकृतिक रुपले जन्म दिए शरीर स्वस्थ हुन सक्दैन । त्रुटि जहाँ भएको छ, त्यहीबाट सच्याउनुपर्छ । १४ महाधिवेशन समिति र विशेष महाधिवेशनको समितिले एक ठाउँ बसेर निकास निकाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै