2026-09-29 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला

2026-08-14

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले अराजक र विधानविपरीत विशेष महाधिवेशन गरिएको टिप्पणी गरेका छन्। त्यस्तो महाधिवेशनलाई निर्वाचन आयोगका दुई जना न्यायाधीशले सदर गरिदिएको पनि उनले बताए।

‘अहिले एउटा आशा पलाएको छ, सर्वोच्च अदालतले सुरूदेखि नै सुनुवाइ गर्नुपर्छ। निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्नेमा त्रुटि भएको थियो यसमा पुनरवलोकन हुँदैछ,’ संस्थापनइतरले आज गरेको राष्ट्रिय भेलामा सिटौलाले भने, ‘सर्वोच्चले गर्ने निर्णयले कांग्रेसले न्याय पाउँछ।’

उनले सभापति गगन थापालाई सभापति भन्न मन नलागेको पनि बताएका थिए। ‘हाम्रो युवा नेता हुन् गगन भाइ, अन्यथा नहोला सभापति भन्न मन लागेको छैन। अराजक ढंगले विधानविपरीत विशेष महाधिवेशन भयो। मानिसको जीवनमा गल्ती हुन्छ, उहाँले आत्मसाथ गर्नु र सच्यानु राम्रो हुन्छ त्यो बाटो अदालतले खोलिदिएको छ,’ उनले भने, ‘अब के गर्नुपर्छ उहाँलाई थाहा होला। आफै अग्रसर हुनुस्।’

उनले एकतामा सबैले जोड दिए पनि सिद्धान्त र यसको चरण हुने पनि बताएका थिए। ‘सबै छाडेर पार्टी एकता सम्भव हुन्छ? निर्वाचन आयोगले कस्तो निर्णय गरिदियो। कसैको बहकाउ र लहडमा दुई जना न्यायाधीशले निर्णय लिए?’ उनले प्रश्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै