2026-10-20 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी

2026-08-15

काठमाडौँ | नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज पनि जारी रहेको छ। डा.शंशाक कोइरालाको अध्यक्षतामा सुकेधारामा जारी राष्ट्रिय भेलामा आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले शुक्रबार राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए।

जारी बन्दसत्रमा पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक संरचना तथा आगामी रणनीति तय गर्न राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रतिवेदनहरूमाथि छलफल हुनेछ। पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा.प्रकाशशरण महतले आर्थिक दृष्टिकोण प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन्। सोहि विषयमा सहभागीले आफ्नो धारणा राख्नेछन्।

राष्ट्रिय भेलामा शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूको उपस्थितिले कांग्रेसभित्र नयाँ शक्ति समीकरणको सम्भावना देखाएको छ। यसअघि नेतृत्वका लागि प्रतिस्पर्धा गरेका देउवा र शेखर हाल गगन नेतृत्वको विशेष महाधिवेशन प्रक्रियाप्रति असहमति राख्ने साझा धरातलमा देखिएका छन्। यद्यपि यो स्थायी राजनीतिक गठबन्धन हो वा तत्कालीन परिस्थितिमा बनेको रणनीतिक सहकार्यमात्र हो भन्ने स्पष्ट भइसकेको छैन। तर आगामी १५ औं महाधिवेशनमा नेतृत्वको समीकरण निर्माण गर्दा शेखर समूह निर्णायक बन्न सक्ने सम्भावना भने बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ