2026-08-15 02:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना

2026-08-15

काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।

नेपाल र भारतबीच ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र भारतबीच शताब्दीयौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै शुभकामना सन्देशमा साझा हितका क्षेत्रमा सहकार्य विस्तार हुँदै जाने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा