2026-10-19 05:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई

2026-08-15

काठमाडौँ | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदाउँदा नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु विडम्बनापूर्ण भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले बाह्य रूपमा झन् मडारिँदै गएको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा बढ्दै गएको बताएका हुन्।

‘जेनजी विद्रोहको वर्षदिन पुग्नलाग्दा इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु बिडम्बनापूर्ण छ,’ उनले भनेका छन्।

भट्टराईले यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आ–आफ्नो भूमिका जिम्मेवारपूर्ण ढंगले निर्वाह गर्नुपर्ने बताएका छन्। उनले पुराना शक्तिहरूले इख साँध्ने ढंगले ‘हलो अट्काएर गोरु चुट्ने’ तरिका अपनाउनुको सट्टा इमानदारपूर्ण आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन् । त्यस्तै, नयाँ सत्ताधारीहरूले अहंकारपूर्ण तरिकाले एक्लै आकाश थाम्न खोज्नुको सट्टा विनम्र र संयमपूर्ण ढंगले सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नुपर्ने उनको सुझाव छ।

‘अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताको निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ,’ भट्टराईले चेतावनी दिएका छन्। समाज परिवर्तन र लोकतान्त्रिक ढंगले राज्य सञ्चालन कुनै एकल दौड नभएको भन्दै उनले यसलाई रिले दौडको रुपमा व्याख्या गरेका छन्। ‘स्मरण रहोस्, समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसञ्चालन गर्नु एकल दौड हैन, रिले दौड हो,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ