2026-08-15 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई

2026-08-15

काठमाडौँ | पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदाउँदा नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु विडम्बनापूर्ण भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले बाह्य रूपमा झन् मडारिँदै गएको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक तथा सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा बढ्दै गएको बताएका हुन्।

‘जेनजी विद्रोहको वर्षदिन पुग्नलाग्दा इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु र उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अल्मलिएजस्तो देखिनु बिडम्बनापूर्ण छ,’ उनले भनेका छन्।

भट्टराईले यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आ–आफ्नो भूमिका जिम्मेवारपूर्ण ढंगले निर्वाह गर्नुपर्ने बताएका छन्। उनले पुराना शक्तिहरूले इख साँध्ने ढंगले ‘हलो अट्काएर गोरु चुट्ने’ तरिका अपनाउनुको सट्टा इमानदारपूर्ण आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका छन् । त्यस्तै, नयाँ सत्ताधारीहरूले अहंकारपूर्ण तरिकाले एक्लै आकाश थाम्न खोज्नुको सट्टा विनम्र र संयमपूर्ण ढंगले सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नुपर्ने उनको सुझाव छ।

‘अन्यथा गर्नु यो संगीन ऐतिहासिक घडीमा देश र जनताको निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ,’ भट्टराईले चेतावनी दिएका छन्। समाज परिवर्तन र लोकतान्त्रिक ढंगले राज्य सञ्चालन कुनै एकल दौड नभएको भन्दै उनले यसलाई रिले दौडको रुपमा व्याख्या गरेका छन्। ‘स्मरण रहोस्, समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढंगले राज्यसञ्चालन गर्नु एकल दौड हैन, रिले दौड हो,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल