2026-08-15 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा

2026-08-15

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै पनि भ्रम वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित दोस्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुने क्रममा उनले यस्तो धारणा राखेका हुन्।

उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत सदर गरिसकेकाले वैधानिकताका सम्बन्धमा कुनै आशङ्का नगर्न आग्रह गरे। सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै उनले अदालतले पार्टीको केन्द्रीय समितिलाई बदर नगरेको र गगन थापा नै आधिकारिक सभापति रहेको कुरा स्पष्ट पारिसकेकाले संस्थापन इतर समूहलाई अदालतको फैसला स्मरण गर्न सुझाव दिए।

पार्टी फुट्ने आशङ्कालाई खारेज गर्दै उपसभापति शर्माले कांग्रेसमा सधैँ विधिको सर्वोच्चता कायम रहने प्रस्ट पारे। खेलको उदाहरण दिँदै उनले दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अन्तिम अधिकार केवल निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने तर्क पेस गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल