2026-08-15 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार

2026-08-15

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहमन्त्री सुदन गुरुङलाई गम्भीर आरोप लागेका दोषीलाई काखी च्यापेर नहिँड्न चेतावनी दिएका छन् । गृहमन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि प्रमाणित नहुँदै गम्भीर आरोप लगाउन नहुने बताएका बेला उनको यो अभिव्यक्ति आएको हो । सार्वजनिक लेखा समितिको बैठकमा सांसद सुनारले आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरेर अनुसन्धान अघि बढाउन माग गरेका थिए । त्यसपछि कार्कीमाथि लागेको आरोप र सुनारको मागलाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

गृहमन्त्री गुरुङले आईजीपी कार्कीलाई सँगै राखेर कसैले आरोप लगाउँदैमा भ्रष्टाचारी भन्न नमिल्ने बताएका थिए । अहिलेको प्रहरी नेतृत्वले सरकारको चाहनाअनुसार काम गरिरहेको भन्दै उनले कार्कीको प्रशंसासमेत गरेका थिए । गृहमन्त्रीले सांसदहरूलाई प्रमाणित नहुँदै आरोप नलगाउन आग्रह गरेका थिए । गृहमन्त्रीसहित आईजीपी कार्कीको पक्षमा बोल्नेहरूप्रति सामाजिक सञ्जालमार्फत जवाफ दिँदै सांसद सुनारले आफूले समितिमा राखेको धारणामा कुनै कमजोरी नरहेको बताएका छन् । उजुरी परेपछि अनुसन्धान र कारबाहीको विकल्प नरहेको उनको भनाइ छ । सुनारले लेखेका छन्, ‘समितिले स्पष्ट भनेको छ १५ दिनभित्र सबै कागज पेस गर्न र आवश्यक छानबिन हुन बाँकी छ । कारबाही जारी छ । कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभएजसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने हैन ।’

उनले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई बर्दी लगाएर समिति–समितिमा गएर प्रवचन दिने छुट नरहेकोसमेत बताएका छन् । ‘भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन । भाषण नै गर्ने रहर भए बर्दी खोलेर चुनाव लड्न आउने,’ सुनारले लेखेका छन् । सांसद सुनारले आईजीपी कार्कीमाथि पुनः आरोप लगाउँदै आफ्ना छोराछोरी युरोप–अमेरिकामा राखेर यहाँ अरूका छोराछोरीलाई दुःख दिएको आरोपसमेत लगाएका छन् ।

‘आफ्नो छोराछोरी युरोप–अमेरिका राखेर गरिबका छोराछोरीलाई गेटमा बुट बजार्न लगाउने, आफू भित्र बुट खाएर बस्ने, तल्लो दर्जाका सिपाही, हवल्दार भ्वाङ परेको बुट र खुइलिएको चुस्ता लगाएर, उसिनेको भात र कुँडोजस्तो दालको भरमा १८–२० घण्टा सडकमा डिउटी गरेको छ । छोराछोरी पढाउन सकेको छैन, बैंकको किस्ता तिर्न सकेको छैन । यस्ता गरिबको नाममा आएको बजेट हिनामिना गरेर, अझ केही नभएजसरी प्रवचन दिँदै हिँड्ने ?’, उनले प्रश्न गरेका छन् ।

उनले आफू सांसद मात्र नभई भ्रष्टाचारको विषयमा आवश्यक परे जीवन दाउमा राख्नसमेत तयार रहेको बताएका छन् । ‘सांसद त के कुरा, जिन्दगी दाउमा राख्न तयार छु, हिसाब हुन्छ । जुत्ता लगाउने हो, खाने हैन’, सुनारले भनेका छन् । सुनारले आफूहरूले कसैमाथि कपोकल्पित आरोप नलगाएको दाबी गर्दै प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।‘हामीले कसैमाथि कपोकल्पित आरोप लगाएको हैन, प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गरौँ भनेको हो । समाचार, समितिमा सांसदको शैली भएन । टिप्पणी भेलिको शैलीमा अनियमितताको छानबिन हुँदैन’, उनले लेखेका छन् ।

उनले बदमासी भएको दाबीसहित समितिमा उजुरी आएपछि सार्वभौम सांसदको हैसियतले आवश्यक प्रश्न गरिएको र आगामी दिनमा पनि गरिने बताएका छन् ।‘भ्रष्टाचारको औषधि झोलमा खाने कि चक्कीमा भनेर सोधेर खुवाउन सकिँदैन । बदमासी भएको दाबीसहित समितिमा उजुरी आयो र एक सार्वभौम सांसदको हैसियतले आवश्यक प्रश्न गरियो, गरिन्छ । हामी स्वतन्त्र, निष्पक्ष, व्यावसायिक प्रहरीको पक्षमा छौँ’, सुनारले भनेका छन् । सुनारले आफ्नो धारणा सार्वजनिक गर्नेसँगै सार्वजनिक लेखा समितिमा परेको भ्रष्टाचारसम्बन्धी उजुरीसमेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला