2026-10-19 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरोको जोखिममा रहेका बस्ती तत्काल सुरक्षित स्थानमा सारौँ: कांग्रेस सांसद काउँचा

2026-08-17

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बागलुङ, रोल्पा, जाजरकोटलगायत जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति भएको बताइन्।

काउँचाले बाग्लुङको निसीखोला–२ धाराटोलमा गएको पहिरोबाट नौ घरमा आंशिक क्षति पुगेको र करिब ४० घर उच्च जोखिममा रहेको बताइन्। उनका अनुसार तारा घर्ती र दिपक परियारको घर बस्न नमिल्ने भएपछि त्रिपालमुनि बस्न बाध्य छन्। उनले भनिन्, ‘यो केही सीमित जिल्ला, गाउँ वा घरपरिवारको मात्र समस्या होइन। लगातारको झरीले देशका सयौं बस्ती, सडक र मानवीय जीवन नै गम्भीर जोखिममा परेको छ।’

काउँचाले विपद् आउनुअघि नै सरकारको पूर्वतयारी प्रभावकारी हुनुपर्ने बताइन्। उनले भनिन्, ‘हामी हरेक वर्ष मनसुन सुरु हुनासाथ उस्तै नियति भोग्छौं तर हाम्रो पूर्वतयारी सधैं फितलो रहन्छ ।’ उनले जोखिममा रहेका बस्तीको तत्काल प्राविधिक मूल्यांकन गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ