2026-10-19 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमाणबिना महिलामाथि आरोप लगाउन पाइँदैन : सांसद इन्दिरा राना

2026-08-17

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि सामाजिक सञ्जालमार्फत हुने आरोप र चरित्रहत्या रोक्न माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राना मगरले विधेयकमा ‘वेश्यावृत्ति’, ‘वेश्यागमन’ लगायतका शब्द प्रयोग गरिएको भन्दै त्यसलाई पुनरावलोकन गर्न आग्रह गरिन् । उनले भनिन्, ‘मैले यो विधेयक अलिअलि पढेँ तर यहाँ धेरै शब्द वेश्यावृत्ति, वेश्यागमन भनेको छ । अहिले यो अवस्थामा आएर पनि हाम्रो संविधानमा पनि त्यो अलाउ छैन । हामीले यो शब्द लोकसेवामा प्रयोग गर्दा पूरै विरोध गरेका थियौँ । हामी महिला सांसदहरुले पूरै विरोध गरेका थियौँ । यो लेख्ने पनि पुरुष नै हो कि जस्तो लाग्यो । हरेक ठाउँमा वेश्यावृत्ति भन्ने शब्द आइरहेको छ । यसलाई हटाउन म अनुरोध गर्न चाहन्छु।’

मानव बेचबिखन तथा ओसारपसारको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको भन्दै उनले राज्यले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने बताइन्। उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा समेट्नुपर्ने धारणा राखिन् । ‘अहिले यसको प्रकृति एकदमै नयाँ तरिकाले गएको छ । त्यसमा राज्यले पूरै ध्यान दिनुपर्छ । यहाँ महिलालाई मात्र हैन पुरुषलाई पनि प्रोटेक्सन गर्नुपर्छ । युवाहरु, बालकहरु सबैलाई समेट्नुपर्छ,’ उनले भनिन् ।

सांसद राना मगरले आफूविरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपप्रति पनि आक्रोश व्यक्त गरिन् । आफूले गरेको एउटा नियमापत्तिको विषयलाई लिएर आफ्नै आदिवासी महिला तथा साथीहरूले समेत सामाजिक सञ्जालमा आफूलाई ‘वेश्य’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएको भन्दै उनले दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘आज मैले एउटा नियमापत्ति गर्दा पनि मलाई आफ्नै आदिवासी महिलाहरु, साथीहरु धेरैले वेश्य, चाइल्ड ट्राफिकर भनेर थुप्रै सामाजिक सञ्जालमा लेखेका छन् । मलाई दुःख लागेको छ।’

आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले प्रमाणबिना कसैलाई पनि झुटा आरोप लगाउन नहुने बताइन् ।‘म च्यालेन्ज दिन्छु, म लाने हो भने हजारौँ जनालाई जेल लान सक्छु । तर म गर्दिनँ । म एक पैसा पनि सरकारको मेरो नाममा खर्च गर्न चाहन्नँ । प्रमाणित गर्नुस्, नभए यसरी मान्छेलाई झुटो आरोप लगाउन पाइँदैन,’ उनले भनिन्।

उनले सामाजिक सञ्जालमा नेपाली महिलामाथि विभिन्न प्रकारका आरोप लगाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति राज्य र संसद् गम्भीर हुनुपर्ने बताइन् । महिलामाथि हुने यस्ता आरोपले व्यक्तिगत रूपमा गहिरो पीडा दिने उनको भनाइ थियो । ‘नेपाली महिलाहरुमाथि यस्ता कुराहरु गरिरहेका छन् । तर यो सभा पनि निरीह देखिरहेको छ । मलाई कति पीडा भएको छ, मलाई मात्र थाहा छ । जसलाई पीडा हुन्छ, उसलाई मात्र थाहा हुन्छ,’ सांसद राना मगरले भावुक हुँदै भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ