2026-08-17 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन, अब नतिजा देखाउनुपर्छ: हर्कराज राई

2026-08-17

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकारले पुराना दलहरूलाई दोष दिएर आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताउनुभएको छ । संघीय संसद भवन बाहिर सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले मुलुकमा व्याप्त ग्यास अभाव लगायतका जनजीविकाका सवालमा सरकारले बहानाबाजी नगरी ठोस नतिजा दिनुपर्ने बताउनुभएको हो ।

संसदमा प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले गरेको रुलिङका सम्बन्धमा टिप्पणी गर्दै राईले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएको दिन आफूले सीमा समस्या र जनजीविकाका विषयमा महत्वपूर्ण प्रश्नहरू सोध्ने तयारी गरेको समेत जानकारी दिनुभयो । उहाँले जनताले भोगिरहेको समस्यालाई आफूले व्यक्तिगत रूपमा समेत महशुस गरेको उल्लेख गर्दै सरकारले गुनासो गर्ने नभई काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

देशमा देखिएको ग्यास अभाव र व्याप्त समस्याका बारेमा बोल्दै राईले भन्नुभयो, ‘पुराना दलले काम गर्न नसकेर नै जनताले नयाँ शक्तिलाई मत दिएका हुन् । त्यसैले सरकारले अब नतिजा देखाउनुपर्छ। फेरि पनि पुराना दललाई नै दोष दिने हो भने सरकारको औचित्य रहँदैन । सभामुखले रुलिङ गर्नु आफैँमा एउटा उपलब्धि हो । केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने मान्यताका साथ यसलाई हेर्नुपर्छ ।’

प्रहरी नेतृत्वमाथि लागेको भ्रष्टाचारको आरोपका सन्दर्भमा बोल्दै उहाँले प्रमाणबिना कसैलाई आरोपित गर्न नहुने र निवेदकले ठोस प्रमाणसहित कुरा उठाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, राजनीतिक प्रतिस्पर्धी मात्र हो: गगनकुमार थापा पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन, अब नतिजा देखाउनुपर्छ: हर्कराज राई गगन थापा र देउवाबीचको दूरी घटाउन पहल गर्छु: शशांक कोइराला प्रमाणबिना महिलामाथि आरोप लगाउन पाइँदैन : सांसद इन्दिरा राना सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने? : आशिका तामाङ बाढीपहिरोको जोखिममा रहेका बस्ती तत्काल सुरक्षित स्थानमा सारौँ: कांग्रेस सांसद काउँचा भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन: राजीव खत्री बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा रास्वपा सभापति लामिछानेले बोलाए केन्द्रीय समिति बैठक सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख अर्यालको रुलिङ संसद् बैठक सुरु भएलगत्तै विपक्षी दलको विरोध सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता सुक्खा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग चार घण्टापछि सञ्चालनमा इतर समूहको राष्ट्रिय भेलाका निर्णयबारे कांग्रेस सभापति थापाले विशेष सम्बोधन गर्ने पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै देशभर नागपञ्चमी पर्व मनाइँदै सुनचाँदीको मूल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर एनआरएनए ११ औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न, २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह