2026-10-19 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुराना दललाई दोष दिएर सरकार उम्किन मिल्दैन, अब नतिजा देखाउनुपर्छ: हर्कराज राई

2026-08-17

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकारले पुराना दलहरूलाई दोष दिएर आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताउनुभएको छ । संघीय संसद भवन बाहिर सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले मुलुकमा व्याप्त ग्यास अभाव लगायतका जनजीविकाका सवालमा सरकारले बहानाबाजी नगरी ठोस नतिजा दिनुपर्ने बताउनुभएको हो ।

संसदमा प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले गरेको रुलिङका सम्बन्धमा टिप्पणी गर्दै राईले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएको दिन आफूले सीमा समस्या र जनजीविकाका विषयमा महत्वपूर्ण प्रश्नहरू सोध्ने तयारी गरेको समेत जानकारी दिनुभयो । उहाँले जनताले भोगिरहेको समस्यालाई आफूले व्यक्तिगत रूपमा समेत महशुस गरेको उल्लेख गर्दै सरकारले गुनासो गर्ने नभई काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

देशमा देखिएको ग्यास अभाव र व्याप्त समस्याका बारेमा बोल्दै राईले भन्नुभयो, ‘पुराना दलले काम गर्न नसकेर नै जनताले नयाँ शक्तिलाई मत दिएका हुन् । त्यसैले सरकारले अब नतिजा देखाउनुपर्छ। फेरि पनि पुराना दललाई नै दोष दिने हो भने सरकारको औचित्य रहँदैन । सभामुखले रुलिङ गर्नु आफैँमा एउटा उपलब्धि हो । केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने मान्यताका साथ यसलाई हेर्नुपर्छ ।’

प्रहरी नेतृत्वमाथि लागेको भ्रष्टाचारको आरोपका सन्दर्भमा बोल्दै उहाँले प्रमाणबिना कसैलाई आरोपित गर्न नहुने र निवेदकले ठोस प्रमाणसहित कुरा उठाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ