2026-10-19 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा

2026-08-18

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले अब महाधिवेशनका लागि समय कम रहेकाले निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताएका हुन् । मंगलबार सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘राजनीतिक कुरा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो ।’

उनले महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन महाधिवेशनसँग सम्बन्धित समितिहरूबारे खुला छलफल गर्न आफू तयार रहेको बताए । थापाले महाधिवेशनका विषयमा असन्तुष्टि जनाइरहेका नेताहरूसँग पनि आफू निरन्तर संवादमा रहेको बताए । ‘कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन, म उहाँहरूसँग संवादमा छु,’ उनले भने । उनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने बताए ।‘हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं,’ उनले भने, ‘अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ । त्यसले पनि हामीहरू बाँधिएका छौं । थोरै समयमा काम गर्नुपर्नेछ ।’

महाधिवेशनमा प्रश्न उठ्न नदिने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचन समितिले बनाएको कार्यतालिकालाई सबैले पालना गर्नुपर्ने बताए ।‘प्रश्न नउठ्ने गरी अधिवेशन गर्नुपर्नेछ, आजबाट हाम्रो अधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ