
काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ७०० रुपैयाँले घटेर ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७५५ रुपैयाँ थियो।