
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक सुरु भएको छ । रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले त्यस विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
पार्टी संसदीय दल सिंहदरबारमा सुरु बैठकमा संसद् र समितिमा प्रयोग भएको भाषा र गतिविधिलाई लिएर प्रश्न उठेका सांसदहरूलाई निर्देशन दिने रास्वपा स्रोतले जानकारी दिएको छ । रास्वपाका सांसदहरू नै सरकारविरुद्ध बोल्न थालेपछि सभापति लामिछानेले मन्त्रीलाई समेत बैठकमा बोलाएका छन् । किन आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरिरहका छन् भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।