2026-10-22 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

2026-08-19

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्तिलाई मजाकका रूपमा लिइदिन आग्रह गरेका छन्। बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको पार्टीको दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले उक्त अभिव्यक्ति मतदातासँगको सामान्य ठट्टा भएको दाबी गरेका हुन्।

सञ्चारकर्मीले ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयमा प्रश्न गरेपछि गुरुङले झोक्किँदै भने, ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त?’ केही दिनअघि गोरखा १ अन्तर्गत सहिद लखन गाउँपालिका ९ का स्थानीयसँग भेटघाटका क्रममा मतदाताले निर्वाचनका बेला गरेका वाचा पूरा गर्न माग गरेका थिए। विशेषगरी स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आफूले गरेको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरूले गुनासो गरेका थिए।

मतदाताको गुनासोपछि गुरुङले छोटो समयमै सबै क्षेत्रमा कायापलट गर्न नसकिने भन्दै ‘भोट फिर्ता लैजानुस्, अब स्थानीय चुनावमा काम लाग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ