2026-08-19 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

2026-08-19

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्तिलाई मजाकका रूपमा लिइदिन आग्रह गरेका छन्। बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको पार्टीको दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले उक्त अभिव्यक्ति मतदातासँगको सामान्य ठट्टा भएको दाबी गरेका हुन्।

सञ्चारकर्मीले ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयमा प्रश्न गरेपछि गुरुङले झोक्किँदै भने, ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त?’ केही दिनअघि गोरखा १ अन्तर्गत सहिद लखन गाउँपालिका ९ का स्थानीयसँग भेटघाटका क्रममा मतदाताले निर्वाचनका बेला गरेका वाचा पूरा गर्न माग गरेका थिए। विशेषगरी स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आफूले गरेको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरूले गुनासो गरेका थिए।

मतदाताको गुनासोपछि गुरुङले छोटो समयमै सबै क्षेत्रमा कायापलट गर्न नसकिने भन्दै ‘भोट फिर्ता लैजानुस्, अब स्थानीय चुनावमा काम लाग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह प्रश्न कालो चस्मामाथि होइन, कालो नियतमाथि गरौँ: सांसद टीका संग्रौला स्वास्थ्य बिमा सञ्चालन गर्न रास्वपा सांसद रञ्जु न्यौपानेको माग सहिदका अधुरा कामको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ : सांसद खतिवडा प्रतिनिधिसभाको बैठक सुरु सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठ रिहा, भने– ‘सत्य मरेको छैन, कलम हारेको छैन’