2026-08-19 06:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक

2026-08-19

काठमाडौँ | बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जीतपुरसिरा–२ का १६ वर्षीया सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो। थापा ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक र चौधरी उक्त गाडीका मालिक हुन्। पक्राउ परेका थापा घटनामा संलग्न व्यक्तिलाई खोज्न भन्दै प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। बालिकाको शव भेटिएपछि उनले ‘कसले हत्या गर्‍यो’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। उनले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको बताइएको छ।

मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरू गरेको थियो। कुकुरले संकेत गरेपछि घटनास्थलमै रहेका थापालाई प्रहरीले नियन्त्रणम लिएको थियो। मृतक बालिका जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। आइतबार बिहान करिब साढे ८ बजेबाट बेपत्ता भएकी गरिमाको शव घरबाट दुई सय मिटरनजिकै एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो।

गाउँकै बीचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। शव रहेको स्थानमा प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो। बालिका हत्याको विरोधमा सिमरामा स्थानीयवासीले प्रदर्शन गरेका छन्। स्थानीयको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात सञ्चालन प्रभावितसमेत बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह