2026-10-20 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक

2026-08-19

काठमाडौँ | बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका हत्या प्रकरणमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जीतपुरसिरा–२ का १६ वर्षीया सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो। थापा ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका सहचालक र चौधरी उक्त गाडीका मालिक हुन्। पक्राउ परेका थापा घटनामा संलग्न व्यक्तिलाई खोज्न भन्दै प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। बालिकाको शव भेटिएपछि उनले ‘कसले हत्या गर्‍यो’ भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरिरहेका थिए। उनले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको बताइएको छ।

मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरू गरेको थियो। कुकुरले संकेत गरेपछि घटनास्थलमै रहेका थापालाई प्रहरीले नियन्त्रणम लिएको थियो। मृतक बालिका जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्। आइतबार बिहान करिब साढे ८ बजेबाट बेपत्ता भएकी गरिमाको शव घरबाट दुई सय मिटरनजिकै एउटा खाली घरमा कपडामा पोको पारेर फालिएको अवस्थामा मंगलबार साँझ प्रहरीले फेला पारेको थियो।

गाउँकै बीचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। शव रहेको स्थानमा प्रहरीले तालिमप्राप्त कुकुरसहित खोजतलास गरेको थियो। बालिका हत्याको विरोधमा सिमरामा स्थानीयवासीले प्रदर्शन गरेका छन्। स्थानीयको प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा यातायात सञ्चालन प्रभावितसमेत बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ