2026-10-20 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा

2026-08-20

काठमाडौँ | नवगठित जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र पेस गर्दै सभापति राणाले यस्तो बताएका हुन् ।

‘राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ’, राणाको कार्यपत्रमा भनिएको छ, ‘त्यसैले राष्ट्र, राष्ट्रियताकाे महत्त्व उजागर गर्न,नेपालको गौरवमय विरासत निरन्तर राख्न, तथा राष्ट्रवादको एजेन्डा बचाउन र बढाउन जय नेपाल पार्टीको छातामुनि हामी गोलबद्ध हुनुपर्ने ऐतिहासिक अवसर सिर्जना भएको छ ।’

सभापति राणाले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका बलियो जगमा उभिएर देश र जनताको मुद्दा र एजेन्डा इमानदारीका साथ अघि बढाउनु अपरिहार्य भएको पनि बताएका छन् । ‘जसअनुरूप, राष्ट्रियता र एकताको आधार संवर्द्धन गर्दै, ऐतिहासिक विरासत नयाँ पुस्ता र भावी पुस्तामा सुरक्षित हस्तान्तरण गर्न हामी प्रतिबद्ध छौँ’, राणाले भनेका छन् ।

उनले आफ्नो पार्टीले शान्त, समुन्नत, आत्मनिर्भर र सभ्य नेपाल निर्माण गर्ने पवित्र लक्ष्य तय गर्न, स्पष्ट नीति र कार्ययोजनाको बलमा द्रुततर गतिमा सङ्गठन निर्माण गर्ने दाबी समेत गरेका छन् । ‘जनअपेक्षालाई ऊर्जा र प्रेरणाको स्रोत मान्ने छाैँ र जे भन्छौँ त्यही कुरा व्यवहारमा लागू गर्नेछौँ’, राणाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ