2026-08-20 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने

2026-08-20

काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि (शुक्रबार)का लागि आह्वान भएको छ । पार्टीका केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक भाद्र ५ गते शुक्रबार बिहान ११ः ०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो । बैठकमा उपस्थित हुनका लागि समितिका सबै सदस्यहरूलाई निर्देशन दिइएको छ । संस्थापनले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र तल्लो तहका अधिवेशनहरू सुरु हुन लागेको बेलामा अनुशासन समिति बैठक बोलाएको हो ।

यता महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा शुक्रबार नै रिट लिएर जाँदै छन् । त्यही दिन अनुशासन समितिको बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीभित्रको अनुशासन, आन्तरिक मर्यादा र आगामी अधिवेशनहरूका क्रममा पालना गर्नुपर्ने अनुशासनका विषयमा छलफल हुनेछ । उजुरीहरूउपर छानबिन र आवश्यक निर्णय गर्ने पनि बैठकको कार्यसूची रहेको एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध